धिमाल महिलालाई तान सहयोग

झापा | असार २१, २०७९

धिमाल महिलालाई तान सहयोग


झापा :     यहाँस्थित दमक नगरपालिका– १० का धिमाल महिलाको आयआर्जनमा सहयोग पुर्याउन नौ थान पेटानी बुन्ने घरेलु तान हस्तान्तरण गरिएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका नौजना महिलालाई सो तान हस्तान्तरण गरेको हो ।

  

 कार्यक्रममा वडाको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को रु एक लाख ५० हजार बजेटबाट जनही करिब रु १७ हजार मूल्य बराबरका नौ थान पेटानी बुन्ने तान वितरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बताउनुभयो ।  वडा सचिव योगेश भट्टराईका अनुसार वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तीका महिलालाई तान वितरण गरिएको हो । लाभग्राही पुसमाया धिमालले अझै पनि आफ्नो समुदायभित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो गाउँ छिमेकमा तीनवटा मात्र पेटानी बुन्ने तान रहेकाले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्